IMG-LOGO

महिला आधारशिला साकोसको स्वास्थ्य शिबिर

 मंगल, भदौ १७, २०८२  --

    महिला आधारशिला साकोसको आयोजनामा पाठेघर मुखको जाँच शिबिर शनिबार सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग एवं बद्रीमान राधादेवी स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा बनेपा न.पा वडा नं.५ मा पाठेघर मुखको जाँच शनिबार सम्पन्न भएको हो । शिबिरमा उक्त वडाको ५० जना महिलाहरुको सहभागीता रहेको थियो । महिला आधारशिला साकोसको उपाध्यक्ष एवं शिक्षा समिति संयोजक सविता मिश्रको सभापतित्वमा सम्पन्न शिबिरमा संस्थाका अध्यक्ष कमला कायस्थ, सल्लाहकार शान्तिराज कायस्थ, शिलाकुमारी खरेल, बनेपा वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारी, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा प्रमुख रमेश श्रेष्ठ, बद्रीमान राधादेबी प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सचिव ज्ञानु दाहालले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन संस्थाकी व्यवस्थापक यसोदा बोगटी र कर्मचारी चन्दिका के.सीले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्