बनेपा÷ गुणस्तरीय शिक्षा प्रदान गर्ने मुल लक्ष्य लिइ थियो । बनेपामा सञ्चालन रहेको बेलर इन्टर नेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । साथै कक्षा १२ भर्ना भएका विद्यार्थीहरुलाई विदाई कार्यक्रम आयोजना गरी उर्तिण भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेको प्रमुख आतिथ्यता तथा अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी द्यद्यक् क्याम्पस प्रमुख भगीरथ अधिकारी, युवा ब्यवसायी होमप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, एल्मुनाई एशोसिएसनका अध्यक्ष दिपक कायश्थ, ईलाका प्रहरी कार्यालय काभ्रेका डिएस्पी रामेश्वर त्वाटी आतिथ्यता रहेको थियो । विद्यालय प्रिन्सिपल इन्दु थापा लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा.अच्युत वाग्लेले युवा पुस्ताले सिक्नु पर्ने विषय, ज्ञान र सिपका बारेमा जानकारी गराउँदै गुणस्तरीय शिक्षा तथा रोजगारका लागि +२ सक्ने वितिक्कै देश छोड्न आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ः उत्पादनलाई उद्योगसँग जोड्ने, सिपसहितको प्रविधिक शिक्षा प्रदान गर्ने कार्य विद्यालयले गरेको बताउनुभयो । बेलर एकेडेमीका अध्यक्ष भोला थापाले विद्यालयले मन्टेश्वरी देखि उच्च शिक्षा तहसम्मका विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान, सामाजिक र देशका लागि आवश्यक पर्ने जनशक्तिका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो । उत्कृष्ट विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको संचालन शिक्षक वेदप्रसाद सापकोटा र विद्यार्थीहरुले समेत गरेका थिए ।
