गत वर्षको वर्षातका कारण क्षतिग्रस्त वि.पि. राजमार्ग कमजोर भौगोलिक अवस्थाका कारण सामान्य वर्षातमा समेत राजमार्ग अवरुद्ध हुने भएकोले बेलुकाको समयमा यातायात आवत जावतमा रोक लगाएको छ । भकुण्डेवेशी सडकमा साझ ५ बजेदेखि विहान ५ बजेसम्म यातायात प्रवेशमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले आइतबार सुचना निकाल्दै भाद्र १६ गते देखि भाद्र मसान्तसम्म उक्त समयमा निषेध गरिएको उल्लेख गर्नुभयो । जिल्ला सुरक्षा समितिको बैंठकले उक्त निर्णय गरेको हो । काभ्रेभञ्ज्याङ, भकुण्डेबासी हुँदै सिन्धुली जाने सार्वजनिक तथा निजी सवारी साधनलाई अर्को व्यवस्था नभइन्जेल सवारी साधनलाई रोक लगाएको हो ।
