भुँइमान्छे गैरआख्यान कृतिका लेखक डा. विन्दा पाण्डेको समुपस्थितिमा आज मिति २०८२÷०५÷१४ का दिन पनौतीस्पथित ताम्राकार पार्टीप्यालेसमा परिसंवाद कार्यक्रम सुसम्पन्न भयो । काभ्रेपलाञ्चोक जिल्लाका पुराना कम्युनिष्ट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा नेकपा (एमाले) सल्लाहकार परिषद्का सदस्य युवराज कार्की, नेपाल बौध्दिक परिषद्का के.स. विकास गौतम, अनेमसंघ, काभ्रेको संस्थापक अध्यक्ष एवं प्रतिनिधि सभाको पूर्व माननीय सदस्य शिला कतिला, जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष उध्दव के.सी., नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य नवराज भुर्तेल र पूर्व शिक्षिक एवं इतिहासविद् श्री तुयुकाजी ताम्राकारले काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट राजनीतिको शुरुवात, विकास र विस्सतरका सम्बन्धमा चर्चा गर्दै कृतिमा उल्लेख हुन छुटेका केही घटना तथा पात्रका बारेमा कृतिकारको ध्यनाकर्षण गराउनु भयो ।
नेपाल बौध्दिक परिषद्, काभ्रेपलाञ्चोक जिल्ला समितिका अध्यक्ष केशव थापाले उक्त कृतिमाथि समालोचना गर्दै कम्युनिष्ट नेता तथा कार्यकर्ताको लागि यो कृति पठनीय र सङ्ग्रहणीय रहेको तथ्य स्पष्ट पार्दै काभ्रेपलाञ्चोक जिल्लाको सन्दर्भमा छुटेका प्रसङ्गका सम्बन्धमा कृतिकारलाई आवश्यक पृष्ठपोषण दिन र काभ्रेपलाञ्चोक जिल्लाका सम्बध्द पक्षले आफ्नो इतिहास आफैले तयार गर्ने तत्परता देखाउन आग्रह गर्नुभयो ।
लेखक डा. विन्दा पाण्डेले पुस्तक लेखिनुका पछाडिका प्रसङ्ग र पुस्तकका मुख्य आकर्षक पार्टी निर्माणमा भुइँमा बसेर अद्वितीय योगदान गर्ने मान्छेहरुसँग प्रत्यक्ष साक्षात्कार गरेर पुस्तक तयार गरिएको र यो अन्त नभएर सूचना तथा तथ्य हासिल गर्दै निरन्तर परिमार्जन, संशोधन हुँदै जाने भुइँमान्छेको संपत्ति भएकोले सही सूचना र जानकारी उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नु भयो । नेपाल बौध्दिक परिषद्, पनौती नगर कमिटीका अध्यक्ष शशीकुमार बोलखेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन परिषद्का नगर कमिटी सचिव विनोद गिरीले गर्नु भएको थियो ।
