IMG-LOGO

मिस नेपालको उपाधि लुना लुइँटेललाई

 मंगल, भदौ १७, २०८२  --


    सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ’मिस नेपाल वल्र्ड’ को उपाधि जितेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् । यस्तै, मिस अर्थ सोनी घले भएकी छन् । उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ । उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्