काभ्रे जिल्लाका स्थानीय सरकारहरुले अपूmले गरेका राम्रा असल कार्य अभ्यासका बारेमा अनुभव आदान प्रदान गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा धुलिखेलमा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानीय सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका असल राम्रा कार्यको अभ्यासलाई उल्येख गरी अनुभव आदान प्रदान गरेका हुन् । शिक्षा, स्वास्थ्यको पहुँच विस्तार, कृषि पर्यटन क्षेत्रको विकासका साथै गत असोज १० देखि १२ गते सम्मको बाढीपहिरोले क्षति पु¥याएको उचित व्यवस्थापन गरी नागरिकहरुलाई सेवा पु¥याएको उल्येख गरेका छन् । खानीखोला गाउँपालिका योजना प्रशासन शाखा प्रमुख मित्रप्रसाद भण्डारीले कृषि क्षेत्रको व्यवसायिक विकास गरी आय आर्जनमा वृद्धि गर्न कृषकहरुलाई कफी खेती गर्न प्रोत्साहित गरेको उल्येख गर्नुभयो । असल अभ्यासमा कफी खेतीमा जस्को उत्पादन उसैलाई अनुदान दिएको, अनुदान बापत प्रति केजीको किसानलाई रु ३५ प्रदान गरेको प्रशासन प्रमुख भण्डारीले जानकारी गराउनुभयो । ५ लाख देखि ५० लाख सम्मको २ सय ७ वटा योजना सम्पन्न गरेको बताउनुभयो । खानीखोला गाउँपालिकाले खुवा र कफीको ब्राण्डीङ गरी बजारीकरणमा समेत कृषकहरुलाई सहयोग पु¥याएको प्रशासन प्रमुख भण्डारीले उल्येख गर्नुभयो । रोशी गाउँपालिकाले ०८०÷०८१ मा बाढीपहिरो परी समस्यामा परेका नागरिकहरुलाई मलम लगाउन सकेको कुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिबप्रसाद भन्तनाले बताउनुभयो । विपद् व्यवस्थापनमा उच्च नबिनतम प्रयास गरी समस्या समाधान गरेको प्रशासकीय अधिकृत भन्तनाले उल्येख गर्नुभयो ।
नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरको शैक्षिक गुणस्तर विकास, शिक्षक दरवन्दी मिलान, जलाधार तथा मुलधार व्यवस्थापन र संरक्षण यस वर्षको असल काम गरेको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो । महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शुसासन र आर्थिक पारदर्शीतामा बेरुजु सुन्य गरी पुरस्कृत हुन सफल भएको बताउनुभयो । भौतिक पूर्वाधार बिकास सडक सञ्जाल व्यवस्थित गर्न अग्रसर रहेको र विद्युतीय भुक्तानी लगायत सुशासन कायम गर्न लागि परेको प्रमुख प्रशासकीय अधिकृत तामाङले उल्येख गर्नुभयो । धुलिखेल नगरपालिकाको नीति योजना तथा अनुगमन शाखा प्रमुख पुजा काप्mलेले धुलिखेल स्वस्थ सहर, नागरिकहरुको स्वास्थ्य प्रोफाइल तयार, स्वास्थ्य संस्थाहरुको वृद्धि गरी विद्युतीय स्वास्थ्य विवरण अध्यावधिक गरेको बताउनुभयो । पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले विषादी रहित तरकारी उत्पादन, अर्गानीक तरकारी उत्पादन, कृषक पाठशाला जस्ता कार्यक्रम लागु गरी आय आर्जनमा वृद्धि गरेको उल्येख गर्नुभयो । शिक्षा, स्वास्थ्यको पहुँच विस्तार जस्ता कार्य गरेको बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाका लेखा अधिकृत पुस्पराज बजगाइले नगरकोकटमा निःशुल्क कृषि हाटबजार बेरुजुलाई ०.०९ प्रतिशतमा झारेको, कृषि र पर्यटन क्षेत्रको विकासमा फड्को मार्ने गरी दिगो विकास लक्ष्यका साथ अघि बढेको लेखा अधिकृत बजगाइले उल्येख गर्नुभयो । बनेपा नगरपालिकाका जनसम्पर्क अधिकृत यादव खनालले, वित्तीय शुसासन तथा जोखिम न्यूनकिरणमा ८४, लिजामा ७७.५ अंकल्याई शुसासन र आर्थिक पादर्शीता कायम गर्न लागि परेको, असल अभ्यास अन्तरगत कृषकले उत्पादन गरेका कृष उपज लायकु मञ्चमा हाटबजार सञ्चालन गरी सेवा ग्राहीलाई सस्तो मुल्यमा तरकारी विक्री गर्ने प्रबन्ध गरेको उल्येख गर्नुभयो । हाटबजार सञ्चालनबाट मासिक ६० देखि ७० हजार नगरपालिकालाई राजश्व वृद्धिमा सहयोग पु¥याएको जनसम्पर्क अधिकृत खनालले जानकारी गराउनुभयो ।
बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले कृषकहरुलाई कर्जा सिमा २० लाख गाउँपालिकाले ५ प्रतिशत र किसानले ४ प्रतिशत व्यहोर्ने गरी सहुलीपत कर्जा प्रवाहमा ४ प्रतिशत सौलियत व्याजमा कर्जा प्रवाह गरेको, १० करोड कर्जा प्रवाह भइ गाउँपालिकाको कृषि उपजमा वृद्धि भइ आय आर्जनमा सुधार भएको बताउनुभयो । त्यस्तै गरी भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले ५० वर्ष सम्म लालपूर्जा विहिन ४ सय ३१ नागरिकलाई पूर्जा वितरण गरेको बताउनुभयो । तेमाल गाउँपालिकाका प्रशासन प्रमुख उपेन्द्र तिमल्सिनाले बाढीपहिरोबाट क्षतिभएका संरचना बनाएको, ठूला साना गरी ४ सय २० योजना सम्पन्न गरेको बताउनुभयो । चौरीदेउराली गाउँपालिकाका सूचना प्रविधि अधिकृत विष्णु चौलागाइले हरेक वडावडामा कृषि पकेट क्षेत्र विकास गरी कृषकहरुलाई धनि बनाउने कार्य गरेको बताउनुभयो । काभ्रेका १३ स्थानीय सरकार रहेकोमा उक्त कार्यक्रममा पनौती नगरपालिका भने अनुपस्थित रहेको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, समन्वय उप–प्रमुख रिमबहादुर तामाङ, स्थानीय सरकारका प्रमुख उप–प्रमुखको सहभागीता रहेको थियो । कार्यक्रममा समन्वय अधिकारी शिवप्रसाद होमेगाइ लगाएत रहनुभएको थियो ।
