IMG-LOGO

जन सार्क समन्वय मञ्चको साधारण सभा

 मंगल, भदौ १०, २०८२  --

     काठमाण्डौं । जन सार्क समन्वय मञ्चको नवौं वार्षिक साधारण सभा शनिबार राजधानी काठमाण्डौंमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष हरी बहादुर बि.सी. को सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव भरत ढकालले स्वागत मन्तव्य राख्दै संस्थामा बौद्धिक वर्गको उपस्थित भएपनि काममा कमि देखिएको गुनासो पोख्नुभयो ।

     सभापति हरि बहादुर बि.सीले आगामी कार्य योजना प्रस्तुत गर्दै सार्क राष्ट्र बिच मित्रता, सहकार्य र समझदारीलाई बलियो बनाउन मञ्चले निरन्तर काम गरि रहेको बताउनुभयो । उनले सबैलाई सक्रिय हुन आग्रह गर्दै एक्लैले संस्था संचालन सम्भव नहुने कुरा बताउनुभयो । सभाले संगठनात्मक सुदृढीकरण सदस्य विस्तार र क्षेत्रिय विषयमा जनस्तरको सहभागिता बढाउने निर्णय गर्दै  मञ्चका सल्लाहकार, पूर्व उप सेनानी उदय केसीलाई केन्द्रिय सदस्य सर्वसम्मत निर्वाचित गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्