महिला पतन्जली योग समिति नेपाल काभ्रेको आयोजनामा हरितालिका तिजको अवसरमा बुधबार एक समारोह बीच सम्पन्न भयो । महिला पतन्जली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको सभापतित्वमा सप्पन्न कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता रहेको थियो।नेपाल उद्योगले बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्य, पतन्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले पलञ्जली योग समिति काभ्रे अध्यक्ष प्रकाश कायस्थ लगायतले मन्तव्य राख्नुभएको थियो ।
