नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले तिजको अवसरमा दर खाने कार्यक्रम बुधबार सम्पन्न गरेको छ । शाखा सभापति देबेन्द्र प्रसाद भैलले सहभागीहरुलाई स्वागत गर्नुभयो । रेडक्रसका संचालक समिति, उपशाखाका सभापति तथा महिलाहरुको उपस्थिति रहेकोे थियो । सदस्य एबम कार्यक्रम संयोजक अपसरा ढुङ्गानाले सम्योजन गर्नु भएको थियो । रेडक्रस शाखा मन्त्री राजु सीग्देल उपसभापति पुस्पा खड्का लगायत रेडक्रसकर्मीहरुको सहभागीता रहेको थियोे ।
