पतंजलि योग समिती काभ्रे महिला समिती र युवा नेपाल काभ्रेको तत्वाधान तथा स्पोर्टस् एकेडेमी साँगाको आयोजनमा बनेपा न.पा. १३ साँगा स्थित फुटसलमा ५ दिने निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको छ । उक्त शिविरको पानसमा दिप प्रज्वलित गरि वडा नं १३ का वडाध्यक्ष रामलाल दुवालले उद्घाटन गर्नु भएको उक्त शिविरको प्रमुख प्रशिक्षक पतंजलि योग समिती बागमती प्रदेश ग्रवेन तौजले हुनुहुन्छ । उद्घाटन कार्यक्रममा वडा नं १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, योग शिक्षक जयदेश श्रेष्ठ लगायतका महानुभावहरुले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व एवं स्वागत मन्तव्य १३ नं वडाका न.स.स एवं स्पोर्टस् एकेडेमी साँगाका महा सचिव राजाराम दुवालले गर्नु भएको कार्यक्रममा पतंजलि योग समितीका अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्षद्वय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, प्रदेश सल्लाहकार सरिता शाक्य, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, संगठन मन्त्रीद्वय कान्छा कुमार श्रेष्ठ, पुण्य श्रेष्ठ लगायत उपस्थिति रहेको कार्यक्रमको उद्घोषण महामन्त्री श्याम कुमार श्रेष्ठले गर्नु भएको थियो । सो शिविर भन्दा १ दिन अघि साँगा बजारमा ‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ पदयात्रा समेत गरिएको थियो ।
उक्त ५ दिनको निःशुल्क योग विज्ञान शिविर पश्चात् समापन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले सो कार्यक्रम आयोजना गर्नको लागी सहयोग पु¥याउनु हुने स्थानिय जन प्रतिनिधीहरु लगायत सथानिय बासीहरुलाई माल्यार्पण गरि सम्मान गरिएको थियो ।
समापन कार्यक्रम पश्चात् पतंजलि नाशिका योग साधना केन्द्र गठन गरिएको थियो । उक्त केन्द्रमा निम्न बमोजिमका व्यक्तीहरु रहनु भएको छ । संयोजक मनोरथ आचार्य, सदस्यह ?मा निल कमल नापित, सरोज नारायण डंगोल, मिरा श्रेष्ठ, सृजना श्रेष्ठ, मैया श्रेष्ठ, दुर्गालक्ष्मी श्रेष्ठ, रोशनी श्रेष्ठ, सजिना श्रेष्ठ, शर्मिला श्रेष्ठ, सुवास पोख्रेल, समिता प्रधान, राजेन्द्र श्रेष्ठ, देवी बोलखे थापा, अनिता सिंह, कञ्चन पराजुली, सनम दुवाल, पुरुषोत्तम श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रमुख सल्लाहकार बनेपा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष राम लाल दुवाल, सल्लाहकारहमा राजेन्द्र जोशी र राजाराम दुवाल चयन हुनु भएको थियो । नव निर्वाचित संयोजक लगायत सदस्यहरुको नाम पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठले घोषणा गर्नु भएको थियो भने महिला अध्यक्ष ईन्दिरा तौजलेले माला लगाईदिनु भएको थियो । सो समापन कार्यक्रममा प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले वडा नं १३ का वडाअध्यक्ष राम लाल दुवाल पतंजलि योग समतिीका पदाधिकारीहरु बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले लगायत मोहन कृष्ण श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, कान्छा कुमार श्रेष्ठ, वडा नं.१० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, महिला महामन्त्री लक्ष्मी उलक, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, विद्या कारन्जित लगायतका व्यक्तीहरुले मन्तव्य राख्नु भएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनु भयो ।
