IMG-LOGO

बेथानचोक गाउँपालिकाले कोशेली घर सञ्चालन ग¥यो

 मंगल, भदौ १०, २०८२  --

     बेथानचोक गाउँपालिकामा कोसेली घर सञ्चालनमा ल्याएको छ तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु लगायत नगरपालिकाका कर्मचारी र स्थानीयको उपस्थिती रहेको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बेथानचोकमा कोशेली घर सञ्चालनमा ल्याईको हो । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर निर्माण गरिएको बेथानचोक गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष एवं प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए । प्रदेश सरकारको तर्फबाट १८ लाख २१ हजार २ सय ८५ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारी गरी ३६ लाख ४२ हजार ५ सय ७० रुपैयाँमा कोसेली घर सञ्चालनमा ल्याइएको हो । उक्त रकमबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, विऊ पूँजी वितरण, महिला उद्यमी समुहबाट उत्पादित सामाग्री खरिद र कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिएको छ ।

     गाउँपालिकामा १ सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिएका छन् । जसमध्ये २ वटा महिला एद्यमी समुह गठन भएको छ । उक्त समुहलाई १÷१ लाखका दरले विउ पूँजी उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले प्राकृतिक, विपत्तिको समस्या रहेको पालिका मन्द गतिमा उठ्ने प्रयासमा रहेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले ६ वटै वडामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भएको जनाउनु भयो । सीप सिकेर प्रयोगमा आएका सामाग्री, साबुन, रैथाने पिठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेपा सामाग्ी कोसेली घरमा राखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, लघुउद्यम शाखा प्रमुख अम्बिका खरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्