नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) काभ्रेको आयोजनामा शुक्रबार भएको जिल्लास्तरीय तीज नृत्य प्रतियोगितामा क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम भएको छ । २६ वटा समुहले प्रतिस्पर्धा गरेको तीज विशेष नृत्य प्रतियोगितामा काभ्रे ईङ्गसलिस सेकेन्डरी स्कुल पनौती दोश्रो, बेलर एकेडेमी तेश्रो र सिद्धार्थ बनस्थली इन्ष्टिच्युट पनौतिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता एवं प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको सभापतित्वमा सम्पन्न भएको प्रतियोगिता प्रगति प्रभात एकेडेमी बनेपाले प्रायोजन गरेको हो । कार्यक्रममा प्याब्सनका पदाधिकारीहरु, सहभागि विद्यालयका प्रधानाध्यापक ,शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेकोे थियोे । प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेले संचालन गर्नुभएको उक्त कार्यक्रममा एसईई २०८१ मा उत्तरपुस्तिका पुनःपरिक्षणबाट ४ जिपिए ल्याउने आस्था तामाङ, विद्यार्थीद्धय डा.प्रज्ञा कोईराला र डा.सन्देश कोईरालालाई सम्मान गरिएको थियो । कार्यक्रमको संयोजन प्रगति प्रभात एकेडेमीले गरेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरीयाले गर्नुभएको थियो ।
