IMG-LOGO

रास्वपा बागमती प्रदेश प्रशिक्षण संयोजक कँडेल पक्राउ

 मंगल, भदौ १०, २०८२  --

 

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन् । उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको डीएसपी सुरज कार्कीले बताउनुभयो । यसअघि भदौ १ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षका अभिषेक यादव पक्राउ परेका थिए । उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो ।

     उनले प्रहरीसँग ती कागजात तथा सामाग्री कँडेलले माग गरेको बयान दिएका छन् । त्यसपछि उक्त कार्यालयका सञ्चालक चितवनको कालिका नगरपालिका ५ बस्ने ५० वर्षीय हरिप्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । उनलाई बिहीबार पक्राउ गरेर रुपन्देही लगीएको प्रहरीले जनाएको छ । कँडेलले माग गरेपछि भारतीय नागरिकले ती प्रमाण पत्र भारतमै छापेर नेपाल ल्याएको प्रहरी अनुशन्धानमा खुलेको छ । चितवनको लायन्स चोकमा कार्यालय सञ्चालन गरेका कँडेलले नक्कली प्रमाणपत्र खरिद विक्री गर्ने गरेको पाइएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्