मिर्गौला र मूत्रनलीमा ढुंगा, प्रोस्टेट ग्रन्थि बढ्ने समस्या, प्रोस्टेट क्यान्सर लगायतका रोगको उपचार धुलिखेल अस्पतालमा सहज रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । डा. राजन कोजुका अनुसार, उमेर बढ्दै जेष्ठ नागरिक भएका, मोटोपन बढ्ने क्रम वृद्धि हुनु मुत्र थैलीमा प्रोस्टेटको समस्या हुँदा होल्मीयम विधिबाट उपचार गराउँदै आएको त्यसमा थप प्रविधिको विकासलाई आत्मसाथ गरी अत्याधुनिक थुलियम लेजर प्रविधिबाट मुत्र थैलीमा हुने पत्थरीको उपचार सेवा प्रारम्भ गरेको कुरा युरोलोजी असिष्टेन्ट प्रोफेसर डाक्टर कोजुले बताउनुभयो । उहाँले प्रोस्टेटको ग्रन्थी खुरकर्ने गरिन्थ्यो जुन प्रविधिको प्रयोग होल्मीयमबाट गरीदै आएकोमा यो थुलियम लेजर प्रविधिबाट प्रोस्टेट ग्रन्थीमा समस्या हुँदा निकाल्न मिल्ने, नसाबाट रगत जाने कम सम्भावना, समस्याकम चाडै निको हुने, रगत थप्नुपर्ने समस्या नहुने कुरा युरोलोजी असिस्टेण्ट प्रोफेसर डा. राजन कोजुले जनाउनु भयो ।
पुरुषमा प्रोस्टेट थैली दुई साइडमा नली हुन्छ, पिसाब गर्दा निखरिएर पिसाब नआउने अड्कने पछि फेरी आउने जाँडोजाडो पिसाब लाग्ने हुन्छ । यस्ता समस्याको निदानका लागि अत्याधुनिक थुलियम विधीबाट मुत्रथैलीको ग्रन्थीको प्रोस्टेट र पत्थरी हुँदा त्यसको गुणस्तरीय उपचार हुने डा. कोजुले उल्येख गर्नुभयो । कार्यक्रममा डाक्टर बिनोद ढकाल लगायतले उपचार प्रविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । बुढयौलीपन पुरुषमा बढ्दै जाँदा प्रोस्टेट सम्बन्धी समस्या बढ्ने भएकाले यो सेवाबाट धेरै बिरामी लाभान्वित हुने बताउनुभयो । धुलिखेल अस्पतालले मिर्गौला, मूत्रथैली र प्रोस्टेट क्यान्सरको उपचार पनि गर्दै आएको छ ।
राजधानीसम्म जान कठिन हुने, बिरामीलाई घर नजिकै अत्याधुनिक प्रविधिबाट उपचार उपलब्ध हुनु सकारात्मक प्रक्रियाको थालनी भएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालमा डा.राजन कोजुको नेतृत्वमा शुरु गरिएको नयाँ लेजर प्रविधि सहितको युरोलोजी सेवा मार्फत अब पिसाव सम्बन्धी रोगदेखि प्रोस्टेट र क्यान्सरसम्मको उपचार अझ सहज, सुरक्षित र थप प्रभावकारी बन्ने अस्पतालले जनाएको छ । पत्थरीको उपचार ४० देखि ४५ हजार शुल्क लाग्ने आधुनिक प्रविधिको मेशीनबाट उपचार गर्दा १० हजार जति थप शुल्क लाग्ने डा. कोजुले जनाउनु भयो । उक्त सल्यक्रिया गर्ने मेशिन १ करोड २० लाख, र मोशिलेटा मेशिनको ६० लाखमा खरिद गरिएको अस्पताल स्रोतेल जनाएको छ ।
