नयाँ खेलको रुपमा काभ्रे जिल्लामा “डजबल खेल” भित्रिएको छ । बुधबार ज्ञानकुन्ज स्कुलको सभाहलमा डजबल खेललाई ब्यबस्थित गर्नका लागि तदर्थ समिति गठन तथा घोषणा कार्यक्रम सम्पन्न भयो । डजबल काभ्रे जिल्ला अध्यक्षमा महेन्द्र विष्ट चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, सचिवमा उत्तम सापकोटा, कोषाध्यक्षमा विजय सिं मुस्याजु तथा सदस्यमा जनक तामाङ, सुविन मानन्धर, मिलन आचार्य, साजन घिमिरे, दिपेन्द्रबहादुर विष्ट र प्रितम गन्गाई चयन भएका छन् । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामा, राष्ट्रिय खेलकुद परिषद्का पुर्व निर्देशक केशव गौतम, प्याब्सनका केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, डजबलका केन्द्रीय अध्यक्ष अरुण तिमल्सिना लगायत खेलाडी हरुको सहभागीता रहेकोे थियोे ।
