IMG-LOGO

खोपासी भू–मित्र कृषक समूहले विज्ञसँग अन्तरक्रिया ग¥यो

 मंगल, भदौ ३, २०८२  --

 

     पनौती÷कृषि प्रविधिमा सरल र सहजरुपमा कृषकहरुको पहुँच अभिवृद्धि गर्न, कृषिसँग सरोकारवाला निकायहरुसँग समुधर सम्बन्ध बिस्तार गर्न र कृषकहरूको वैयक्तिक तथा समूहगत विकासका लागि गठन भएको खोपासी भू–मित्र कृषक समूहले प्रथम साधारण सभा एवं कृषक तथा सरोकारवाला निकायहरुवीचको अन्तरक्रिया सम्पन्न गरेको छ ।

     खोपासीस्थित रेशम विकास केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं पनौतीका नगर प्रमुख रामशरण भण्डारीले कृषकहरुले माग अनुसार उत्पादन गरेको खण्डमा पनौतीका कृषि उपजहरु ब्राण्डिङ र बजारीकरणमा नगरपालिकाले मद्दत गर्ने बताए । उनले पछिल्लो वर्षहरुमा किसानको सुरक्षा र माटोको सुरक्षा दुबैको आवश्यकता बोध भएकाले सरोकारवालाहरुले प्रविधि प्रसार गर्ने क्रममा यी कुरामा ख्याल राख्न पनि आग्रह गरे ।

     पनौती नगर कृषि समितिका सभापति एवं वडा नं. १० का अध्यक्ष मोहनबहादुर भण्डारीले कृषि योग्य जमिन मासेर घर बनाउने प्रचलन बढेकोमा चिन्ता गर्दै कृषियोग्य भनि वर्गीकरण भएको जग्गमा घरबाटो भनेर सिफारिश लिन नआउनका लागि आग्रह गरे । आफ्नो समितिले पनौती नगरमा दीगो तथा आधुनिक तरिकाले कृषि तथा पशुपालन गर्न चाहने विशेष गरी युवा कृषकहरुको मागमा आधारित कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको बताए ।

     राष्ट्रि«य कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्रकुमार पोखरेलले काभ्रे जिल्लामा ९ वर्ष अगाडिबाट आलु सुपर जोन र ४ वर्ष अगाडिबाट गाइभैंसी जोन कार्यक्रम लागू भइरहेको बताए । दुबै कार्यक्रमबाट अझै पनि साना तथा मझौला किसानहरु लाभ लिन छुटिरहेकाले भू–मित्र कृषक समूहले उनीहरुलाई समेटेर कार्यक्रममा प्रस्ताव पेश गर्न सुझाए ।

     कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कृषिमा भइरहेको नयाँ नयाँ प्रविधिलाई किसानले एकै पटक अपनाउन नसक्ने भएकाले सरकारी फार्म तथा व्यावसायिक किसानहरुले अवलम्बन गर्न सक्ने र सोबारेमा साना तथा मझौला किसानहरुलाई ज्ञानसीप प्रदान गर्न सकेमा कृषि उत्पादन वृद्धि र लागत कम हुने विचार व्यक्त गरे ।

     कार्यक्रममा रेशम विकास केन्द्रका प्रमुख कृष्ण धितालले एक रोपनी जमीनमा गरेको किम्बु खेतीबाट एक बाकस रेशम कीरा पाल्न सकिने, २ महिनामा कोकुन तयार हुने र वर्षको ३ लटमा कीरा पाल्न सकिने र आम्दानी प्रति लटमा १५ हजार हुने भए पनि कृषकहरु आकर्षित हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले स्थानीय तहहरुले रेशम कीरा पाल्न चाहने किसानहरुलाई प्राथमिकता दिन अनुरोध गरे ।

     पशु सेवा कार्यालयका प्रमख उद्धव सापकोटाले अनुदान कार्यक्रममा सहभागी हुनका लागि किसानहरुले दोहोरोपन हुने गरी धेरै ठाउँमा आवेदन दिने प्रवृत्ति मौलाएकोमा चिन्ता गरे । साथै कार्यक्रम स्वीकृत हुँदासमेत सम्झौता गर्न नआएर बजेट फिर्ता पठाउनु परेको दृष्टान्त दिए । पशु सेवा प्राविधिक समूह पनौतीका अध्यक्ष लीलानाथ सापकोटाले पशुबस्तुमा समस्या आउँदा आप्mनो समूहका प्राविधिकहरु परिचालन गरिएको बताए ।

     पनौती नगरपालिका, पशुपंछी शाखा प्रमुख डा. दिपिका रेग्मीले नगरपालिकाले पशु बीमाको दायरा बढाएको, कृत्रिम गर्भाधान र खोप कार्यक्रममा व्यापकता ल्याइएको जानकारी दिइन् । उनले चालु वर्षमा गोठ सुधार तथा डेरी उत्पादनमा विविधिकरणमा सहयोग कार्यक्रम ल्याइएको बताइन् । राष्ट्रि«य कृषि आधुनिकीकरण कार्यक्रम, गाइभैंसी जोन सञ्चालन समन्वय समितिका संयोजक ज्वाला तिमल्सिनाले सो कार्यक्रममा पनि प्रस्ताव पेश गर्न आग्रह गरे ।

     पनौती नगरपालिका वडा न. १० का ५७ जना कृषकहरु महिला १६ र पुरुष ४१ जना रहेका समूहमा आवद्ध रहेका र प्रायः सदस्यहरुको प्रमुख कृषि कर्म आलु खेती र धान खेतीका साथै पछिल्ला वर्षहरुमा समूहका सदस्यहरु व्यावसायिक तरकारी खेतीमा संलग्न हुन थालेका सचिव बद्री गोक्षेले बताए । कोषाध्यक्ष सबिना पहरीले सञ्चालन गरेको सो कार्यक्रममा समूहका अध्यक्ष मधुसुधन गुरागाईंले समूहमा आवद्ध साना तथा मझौला किसानहरुको अनेकौं समस्याहरुको समाधानका लागि सामुहिक प्रयास र सरोकारवाला निकायहरुसँग सहकार्य÷साझेदारीका लागि तीन महिना अघिमात्रै समूहको गठन गरेको जानकारी दिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्