बनेपामा रहेको आर्दश विद्या मन्दिर (एविएम) स्कूलले शनिबार कक्षा–११ का विद्यार्थीलाई स्वागत र कक्षा–१२ मा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई गरेको छ । नेपाली भाषा विज्ञ प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षाविद् डाक्टर चन्द्रप्रसाद लुइटेल र आइ.एस.ओका अन्तराष्ट्रिय अडिटर शैलेन्द्र खरेलले विद्यालयले जिल्लामा नै राम्रो शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा कक्षा १२ मा अध्ययन सकेका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । यस वर्ष कक्षा १२ मा ११८ जना विद्यार्थी विशिष्ट श्रेणीमा उर्तिण भएका थिए भने कक्षा ११ मा १७२ जना विद्यार्थी भर्ना भएका छन् । शिक्षक भोजराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । आदर्श विद्या मन्दिर (एविएम) स्कूल बनेपाले आइएसओ २१००१ प्रमाण पत्र प्राप्त गरेको छ । जहाँ विज्ञान, मानविकी, शिक्षा, कानुन र व्यवस्थापन विषयमा स्नातक सम्मको पढाई हुन्छ ।
