ध्यानकुटि बिहार संरक्षण समितिको नवौं तथा मेत्ता सेन्टरको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कन्चन चन्द्र बादे श्रेष्ठले ध्यानकुटि बिहार र मेत्ता सेन्टरको समग्र बिकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विभिन्न सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको कार्यक्रममा अनिता वादेले स्वागत मन्तव्य राख्नुभयो । उक्त अवसरमा ध्यानकुटि बिहार संरक्षण समितिका सचीव बुद्धभक्त रंजितले बार्षिक ÷ आर्थिक प्रतिबेदन पेश गर्नुभयो । त्यस्तै मेत्ता सेन्टरका सचीव भिक्षु धर्ममुर्ती महास्थबिरले पनि बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । भिक्षु राहुल महास्थबिरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा बनेपा न. पा वडा ७ का अध्यक्ष हिटलर शाक्य, मेत्ता र ध्यानकुटि बिहारका संचालकहरु एवं समाजसेवी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेनु त्वयना, रश्मीता मानन्धर र सुनिता मानन्धरले गर्नुभएको थियो ।
