बनेपा÷काभ्रे माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अनुसार विद्यालयमा नृत्य तथा गायन प्रतियोगिता २०८२ सम्पन्न गरेको छ । प्रतियोगितामा नृत्य तर्फ कक्षा ७ की विशिका हमाल, मेघना चौलागाई द्धितिय अभय थापा मगर, तृतिय अस्मिना मैनाली चौथो भएका छन् । त्यसै गरी गायन तर्फ प्रथम आरोही घिमिरे द्धितिय सन्देस मोक्तान तृतिय क्रिसा बजगाई चौथो मेलिसा फुयाल रहेका छन् । प्रतियोगितामा कक्षा ४ देखी १० सम्मका ४२ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक समितिका अध्यक्ष जगन्नाथ अवाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले विद्यालयको वार्षिक कार्ययोजना, अतिरिक्त क्रियाकलाप अनुसार उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । विद्यालयले गुणस्तरीय शिक्षा सगै बकृत्वकला, हाजिरी जवाफ, फुटसल, शैक्षिक प्रर्दशनी निबन्ध प्रतियोगीता, भाषण कला, नेतृत्व विकासका लागि विभिन्न अतिरिक्त कार्यहरु गर्दे आएको सहायक प्रिन्सिपल केशब श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सञ्चालक सदस्यहरु बालभक्त प्रधान, शान्तिराज कायस्थ, भुवनकाजी मानन्धर, कार्यक्रम संयोजक सितराम तिवारी, विभागिय प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।
