बनेपा सिदार्थ कलेजले कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कलेजका सञ्चालक समितिका अध्यक्ष ज्ञान बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा कलेजका निर्देशक केशब श्रेष्ठले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा विज्ञान संकाय तर्फ कलेज टप गर्ने सृया खतिवडा र ब्यबस्थापन विषयमा कलेज टप गर्ने स्वरुप तिमल्सिना लगाएत उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा कलेजका संस्थापक क्याम्पस प्रमुख पुकार कर्णजित, सहायक क्याम्पस प्रमुख कुमार मानन्धर, सेन्टलम एल्बम एकेडेमीका प्राचार्य अग्नी ज्ञावाली, शिक्षा सदन माविका प्राधानाध्यापक लक्ष्मण दाहाल, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्राधानाध्यपक श्याम प्रसाद पाण्डेय, सिदार्थ स्कुलका प्राचार्य गुन्जप्रसाद लुईटेल, अभिभावक रामचन्द्र भट्टराई लगाएतले विद्यार्थीहरु बधाई दिदै अवको यात्रा शैक्षिक गन्तव्यमा पु¥याउनु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष घिमिरे गर्नुभएको थियो ।
