IMG-LOGO

बनेपामा ७ हजार ५ सय कन्या पुजिए

 मंगल, भदौ ३, २०८२  --

 

     बनेपामा १ सय २३ वर्षअघि देखि सुरु भएको कन्या पुजामा ७ हजार ५ सय भन्दा बढि कन्याहरु पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभएको छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी दिन मनाईने कन्या पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहने तथा कन्या पुज्नेहरु र पुजिने कन्या निरोगी हुने धार्मिक विश्वास रहिआएको छ । बनेपाको भित्री बजारदेखि चारदोबाटो सम्मको दायावायाँ सडकमा राखेर पुजिएका कन्यालाई दक्षिणा, पुरी, सुहारी, जेरी, विस्कुट, मालपुवा, सेल, हलुवा र मिठाइ लगायत सामग्री दिने चलन छ । उक्त अवसरमा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापा, बागमती प्रदेशका सभामुख भुवन पाठक र बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे समेत कन्या पूजामा सहभागी हुनुभएको थियो । बनेपाको भैंसेपाटी, धनेश्वर, पुलबजार, नाला, बुडोल, काभ्रेका पलाञ्चोक, शारदा बतासे, पनौती, दाप्चा, धुलिखेल, पनौती, बाँसडोल र खड्पुमा पनि कन्या पुजिएको थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्