IMG-LOGO

कञ्चन सामाजिक विकासमन्त्री

 मंगल, भदौ ३, २०८२  --

\\     काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे बागमती प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरी बादेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

     मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रालयमा बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गर्नुभएको हो ।

     २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त हुनुभएको हो । कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

     यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । एक वर्षअघि कांग्रेस र एमालेको संयुक्त सरकार गठन हुँदा लगाइएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिएको थियो । निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसभित्रको विवाद समाधानका लागि भन्दै संस्कृति तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेपछि मन्त्रालय संख्या १४ पुग्यो भने कांग्रेसले थप एउटा मन्त्रालय लिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्