IMG-LOGO

प्रम ओलीद्वारा हरि सापकोटाको निधनप्रति श्रद्धाञ्जली अपर्ण

 मंगल, भदौ ३, २०८२  --

     पनौती, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेका समाजसेवी स्व. हरिप्रसाद सापकोटाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले टेलिफोनमार्फत बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बौद्धिक परिषद् काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा र नेकपा (एमाले) धादिङकी सचिव राधिका सापकोटासहित परिवारका सदस्यसँग कुरा गर्दै बाबुको क्रिया कर्ममा देखाइएको साहस, सामाजिक चेतना र रूपान्तरणतर्फको प्रतिबद्धताको प्रशंसा गरेको जानकारी स्व.सापकोटाको छोरी बिमला सापकोटाले दिनुभयो ।

     वि.सं. १९९३ असोज ३ गते जन्मिएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालीन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रूपमा परिचित हुनुहुन्थ्यो । सामाजिक ‘बहिष्कार’को चेतावनीलाई बेवास्ता गर्दै उपप्रमुख सापकोटाले गरिन् बाबुको काजकिरिया गरेकी हुन् । २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ र दुव्र्यवहार विरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुवैको कर्तव्य निभाउँदै आएको थियो । समाज परिवर्तनमा योगदान पु¥याउँदै उदाहरणीय जीवन बिताएका सापकोटाको २०८२ साउन २५ गते ८९ वर्षको उमेरमा निधन भएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्