IMG-LOGO

निष्ट स्कुलबाट विद्यार्थीलाई बधाई तथा सम्मान

 सोम, सावन २७, २०८२  --

     निष्ट स्कुल बनेपाले कक्षा १२ को परिक्षामा ३.६० जीपिए भन्दा माथि ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई गत बुधबार एक कार्यक्रम गर्दै सम्मान गरेको छ । ३.९६ ल्याउने ३ जना  विद्यार्थी आर्या भोछिभोया,आयाम श्रेष्ठ र सृष्टि जिरेल सहित ९९ जना विद्यार्थीहरुलाई सम्मान गरेको थियो । स्कुलमा ९९ जनाले ३.६० जिपिए माथि, २ सय ५७ जनाले ३.२० जीपिए भन्दा माथी र ८५ जनाले २.८० भन्दा माथि जीपिए र ८ जनाले २.४० जीपिए भन्दा माथि ल्याई उर्तिण हुन सफल भएको प्रिन्सिपल दिपक भट्टले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा निष्ट स्कुलका निर्देशक राजेन्द्र कुमार घिसिङ्गले देशकै नमुनाको रूपमा निष्ट कलेज रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयका सञ्चालक प्रनिता बराल, सहायक प्रिन्सिपल रजिब श्रेष्ठ, प्रशासन प्रमुख पुण्य प्रसाद कट्टेल, विभागिय प्रमुखहरु, शिक्षक–शिक्षिका, कर्मचारी लगायत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्