IMG-LOGO

सिप मुलक तालिम प्राप्तलाई प्रमाण–पत्र वितरण

 सोम, सावन २०, २०८२  --

      प्रमाण पत्र वितरन कार्यक्रम । वागमती प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालय एअतखभत ज्भतबगमब ःबपबधबलउगच आर्थिक सहयोगमा सिमेका ह्युमन रिसोर्स एकेडेमी प्रा .ली को प्राविधिक सहयोगमा सञ्चालित प्लम्बर तह –१, को धुलिखेल उद्योग वाणिज्य संघको हलमा सञ्चालित निःशुल्क तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक अर्जुनप्रसाद सापकोटाको सभापतित्वमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा, धुलिखेल नपाका उप–प्रमुख निराजन जंगमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । काभ्रे घरेलु उद्योग वाणिज्यका अधिकृत सिताराम घिमिरे, धुलिखेल काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष कोमल सुन्दर श्रेष्ठ, सचिव संजय तामाङ लगायतको उपस्थितिमा तालिम प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सञ्चालन मञ्जु शाहले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्