जिल्ला सहकारी संघ लि., डिस्कोफ काभ्रेले शुक्रबार संघको सभा हलमा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समिती, सल्लाहकारहरु, बिभिन्न उपसमिती र कर्मचारीहरुको सहभागितामा आ.व.२०८१÷०८२ को बार्षिक समिक्षा एवं आ.व.२०८२÷०८३ को नीति, योजना, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । उतm कार्यक्रमको अध्यक्षता संधका अध्यक्ष अमन पोटे श्रष्ठले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन संघका सचिब प्रकाश बञ्जाराले गर्नुभएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष शन्ति लामा तामाङले राख्नु भएको थियो । गत आर्थिक वर्ष संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा बित्तिय जानकारी सहित प्रगती बिवरण र चालु आ ब को लागि निती, योजना, कार्यक्रम तथा बजेटको जानकारी प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नू भएको थियो । समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड र यसले पर्ने असहज परिस्थितको बिषयमा छलफल हुनुका साथै आवश्यक संशोधन र परिमार्जन को लागि पहल गरिने बताइएको छ ।
