IMG-LOGO

विपीडब्लुमा नयाँ नेतृत्व

 सोम, सावन २०, २०८२  --

      बनेपा÷बिजनेश एण्ड प्रोफेशनल वीमेन बनेपा शाखाको तेस्रो अधिबेशन तथा छैटौ वार्षिक साधारण सभाबाट अध्यक्षमा सरिता पलाञ्चोके निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा रजुला मानन्धर, सचिब सुजिता बैदार, कोषाध्यक्ष निकी श्रेष्ठ, सदस्यहरुमा जुना कर्माचार्य, रचना मानन्धर, मन्जु लोहोला र रोजिना श्रेष्ठ रहेका छन् । कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले गर्नुभएको थियो भने सभापतित्व अध्यक्ष ईश्वरी बादे श्रेष्ठले गर्नुभएको थियो । संस्थाको वार्षिक प्रतिबेदन सचिब सचिब रजुला मानन्धरले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुजिता बैदारले प्रस्तुत गर्नुभएको थियो ।

      प्रमुख अतिथी सापकोटाले महिलाहरु आर्थिकरुपमा सक्षम र सबल भएमा आफुले चाहेको ब्यपार व्यवसाय गर्न सक्षम हुने बताउनुभयो । महिलाहरुको नेतृत्व विकास सगै सिप सिकी आत्मनिर्भर बन्नु पर्ने सापकोटाको धारणा राख्नुभयो । कमीटी चेयर पर्सनमा लिडरसिप कमीटी पर्सनमा रामेश्वरी मानन्धर, हेल्थ कमीटी चेयर पर्सनमा एलिसा श्रेष्ठ, पब्लिक रिलेसन अफिसरमा समिता श्रेष्ठ, मेनेजमेन्ट कमीटी चेयर पर्सनमा इषा श्रेष्ठ, ट्रेनिङ कमिटी चेयर पर्सनमा श्रेया बादे, आइटी कमीटी चेयर पर्सनमा रेयसा स्याउला, प्रोग्राम कमीटी चेयर पर्सनमा रुजी प्रधान र सदस्यमा तिसा राजथला चयन हुनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्