पतंजलि योग समिति बागमती प्रदेशको तत्वाधानमा पतंजलि यो
ग समिती काभ्रे, महिला समिति काभ्रेले बनेपाको योग भवनमा संचालित १५ दने सह–योग शिक्षक तालिम समापन कार्यक्रमको पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्दै खुसी जिवन यापन गर्न स्वस्थ रहन आवश्यक रहेको र स्वस्थ रहन दैनिक योगा अभ्यास आवश्यक रहेको र समाजलाई नै स्वस्थ बनाउन तालिममा सिकेका ज्ञानलाई प्रत्येक गाउँ गाउँ, टोल टोल र वडा वडासम्म पू¥याउनुपर्ने बताउनु भयो । ६५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको उक्त तालिममा दिक्षित भएका सह योग शिक्षकहरुलाई प्रमुख अतिथी तौजलेले प्रमाण–पत्र समेत वितरण गर्नु भएको थियो । होम यज्ञ समेत गरि तालिम समापन गरिएको कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजलि योग समितिका अध्यक्ष ईन्दिरा तौजले गर्नु भएको थियो भने पतंजलि योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले मन्तव्य राख्नु भएको र प्रशिक्षार्थीरुको तर्फबाट विष्णु प्रशाद आचार्य र चण्डिका आचार्यले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय श्याम कुमार श्रेष्ठ र लक्ष्मी उलकले गर्नु भएको कुरा संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
