बनेपा÷बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई २०८१ मा उत्तीर्ण संस्थामा आवद्ध बाल सदस्यहरुलाई एसईई उर्तिण गरेकोमा सम्मान गरेको छ । चेतना केन्द्र बुडोलमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका शिक्षा तथा प्रकाशन उप समिति संयोजक गायत्री खड्काले गर्नुभएको थियो । संस्थाका अध्यक्ष कैलाश केसीले सदस्यहरुको सत विश्वास, बुडोल सामुदायिक साकोसको अवस्था, आगामी योजनाका बारेमा बोल्नुभएको थियो ।
उपसमितिका सदस्य तारानाथ बजगाईद्वारा संचालित कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसी, प्रमुख सल्लाकार रामहरी केसी, उपसमिति संयोजक गायत्री खड्का, संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरी, संचालक समिति, उपसमितिका सदस्यहरु, कर्मचारीहरु र सम्मानित विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थामा आवद्ध २ सय ७ जना बालबालिकाहरुलाई यो वर्ष सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताउनुभयो । बृत्तिमार्ग निर्देशन समितिकी रक्षा आचार्य बालबालिकाहरुलाई एसईई उर्तिण पछि बालबालिकाहरु बृत्तिमार्ग सम्वन्धी अभिमुखिकरण दिईएको थियो । बागमती प्रदेश सहकारीले स्थापना दिवसको अवसरमा बुडोल सामुदायिकका अध्यक्ष कैलाश केसीलाई संचालकहरु मध्येबाट उत्कृष्ट संचालकका रुपमा सम्मान घोषणा समेत गरेको छ ।
