बनेपा÷नेपाल अटो मेकानिक्स ट्रेड युनियन बनेपा नगरको प्रथम वार्षिक उत्सव तथा स्थापना दिवस युनाईटेड लुब्रिकेशन ईन्डष्ट्रिज प्रालिका डेपुटी जनरल म्यानेजर दिनेश खानालको प्रमुख आतिथ्यतामा तथा ट्रेड युनियन बनेपा नगरका अध्यक्ष नन्दलाल पटेलको सभापतित्वमा सम्पन्न भएको छ। प्रमुख अतिथी खनालले नेपालमै उत्पादित अन्तर्राष्ट्रिय मान्यता प्राप्त मोबिल लुब्रीकेशन) प्रयोग गर्न वर्कशपहरूलाई आग्रह गर्नुभयो । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखी गुणस्तरीयता सम्बन्धी कुनै पनि द्विविधा नरहेकाले स्वदेशमा उत्पादनलाई नै प्रथग गर्न आग्रह गर्नुभयो । मेकानिक्सहरूलाई कम्पनीले तालिमहरू प्रदान गर्ने मोविल सम्बन्धी जानकारी गराउने भएकाले सकेकसम्म नेपालमा उत्पादित मोबिल, हेल्मेट, पार्टपुर्जाहरू प्रयोग गर्न खनालले आग्रह गरेक्त किए । कार्यक्रमका विशेष अतिथी जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले प्रत्येक वर्कशपहरूले सुरक्षा र चोरीका बाईकहरू प्रति सचेत हुनुपर्यो भन्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र आचार्य, अटो म्यागेजिनका डाइरेक्टरका रोशन श्रेष्ठ, युनाईटेड लुब्रीकेन्ट प्रालि मार्केटिङ्ग म्यानेन्जर मनोज जिसी, काभ्रेका आधिकारिक विक्रेता राम पोटे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य तथा वार्षिक प्रतिवेदन सचिव सुरेश गौतमले गर्नुभयो। गौतमले बनेपा नगरमा ५२ जुना युनियनमा आबद्ध रहेको उल्लेख गर्नुभयो । उल्मेख गर्नुभसदस्यहरूको दुर्घटना बिर्मा, तालिम, सदस्य अनिलको मृत्यु पश्चात परिवारलाई ३२ हजार सहयोग, बनेपा नगरपालिकाको सहजीकरणमा सदस्यहरूलाई करदाता शिक्षा प्रदान जस्ता कामहरू गर्दै आएको छ ।
