मानव सभ्यताको इतिहास ज्ञान र विज्ञानको निरन्तर विकासको गाथा हो । जब हामी आधुनिक विज्ञानका उपलब्धिहरूमा गर्व गर्छौं, तब हामीले यो बिर्सनु हुँदैन कि यसको जग हजारौं वर्ष पहिले हाम्रा पूर्वजहरूले बसालेका थिए। विशेष गरी स्वास्थ्य, चिकित्सा र पोषणको क्षेत्रका कुरा गर्ने हो भने प्राचीन ज्ञान अत्यन्त समृद्ध र दूरदर्शी थियो । यसको सबैभन्दा उत्कृष्ट उदाहरण हो– महर्षि चरकद्वारा रचित ’चरक संहिता’ । आज हामी जुन सन्तुलित आहार (द्यबबिलअभम म्ष्भत) र पोषण (ल्गतचष्तष्यल) को कुरा गर्छौं, जसलाई केही आधुनिक भनिएका पोषण विज्ञहरूले अनेकौँ तरिकाबाट व्याख्या गरिरहेका छन्, त्यसको विस्तृत वर्णन हजारौं वर्ष पहिले नै चरक संहितामा उपलब्ध थियो । आधुनिक समयकालमा पोषणका बारेमा एक पश्चिमा एन्टोनी लाभोइसियर नाम गरेका व्यक्तिले गरेको व्याख्या आजभन्दा लगभग २५०० वर्ष भन्दा पहिले नै आयुर्वेदका पिता हाम्रा महान वैज्ञानिक महर्षि चरकले प्रस्तुत गरिसकेका थिए ।
आधुनिक पोषण विज्ञानको व्याख्या फ्रान्सेली रसायनशास्त्री एन्टोनी लाभोइसियर (१७४३–१७९४) ले अठारौं शताब्दीमा हाम्रो शरीरले भोजनलाई कसरी पचाउँछ र ऊर्जा उत्पादन गर्छ भन्ने कुरा गरेर शरीरमा भोजन र अक्सिजनको संयोजनबाट ताप र पानी निस्कन्छ, जसले शरीरलाई न्यानो र ऊर्जावान् बनाउँछ भन्ने कुरा गरे भनेर अहिलेका विद्यार्थीहरूले पढ्ने गर्छन् । यसैका आधारमा हामीले खानेकुरालाई क्यालोरी र पोषक तत्वको दृष्टिकोणले हेर्न थाल्यौं । लाभोइसियरको यो दृष्टान्त निस्सन्देह क्रान्तिकारी थियो, तर के पोषणको यो ज्ञान मानव सभ्यताको लागि बिल्कुलै नयाँ थियो त? अवश्य थिएन । यो ज्ञान त आजभन्दा २६०० वर्ष अगाडि नै महर्षी चरकले यो धर्तीमा दिइसकेका थिए । यस्तो प्राचीन ज्ञानका देवतक महर्षी चरक नै हुन् । यसमा कुनै दुई मत छैन ।
अब हामी समयको त्यो यात्रामा एकैछिन फर्कौं । यो त्यो समय थियो जब महर्षि चरकले आयुर्वेदको महान् ग्रन्थ ’चरक संहिता’ को रचना गरेका थिए । महर्षि चरकलाई प्राचीन चिकित्सा, पोषण र सन्तुलित आहारका जनक मानिन्छ । उनले रोगको उपचार मात्र होइन, स्वस्थ जीवन जिउने कला पनि सिकाए, जसमा आहारको भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो ।
चरक संहिताले सन्तुलित आहार र जीवनशैलीको महत्त्वबारे गहिरो ज्ञान दिएको छ, जसले आजको आधुनिक विज्ञानलाई पनि चकित पार्छ । चरक संहितामा उल्लेखित सन्दर्भहरू यसका प्रमाणहरू हुन् ।
तस्याश्चयथोक्ताहारसमीपसमयेरससमृद्धिशालीस्याद्योग्योबृंहणादिकः ।
अर्थात्, उचित भोजनको समयमा पोषक तत्वले भरिपूर्ण आहार लिनुपर्ने कुरामा जोड दिन्छ । यहाँ प्रयोग भएका ’रससमृद्धिशाली’ (पोषक तत्वले भरिपूर्ण) र ’योग्यो बृंहणादिकः’ (पोषणका लागि उपयुक्त) जस्ता शब्दहरूले सन्तुलित र पौष्टिक आहारको आवश्यकतालाई स्पष्ट रूपमा दर्शाउँछन् । यसको अर्थ हो, भोजन केवल पेट भर्नका लागि होइन, शरीरलाई सही पोषण प्रदान गर्नका लागि हुनुपर्छ । यसैगरी, यदाचयोग्योबृंहणादिकःस्यात्सएवकुर्याद्योग्यसेवनोद्देशादियोग्याहारशयनादिष्वेवरहेत् । जब शरीरलाई पोषणको आवश्यकता हुन्छ, तब उचित आचरण गर्नुपर्ने सल्लाह दिन्छ । यसले स्वस्थ र सन्तुलित जीवनशैली कायम राख्नका लागि उचित भोजन, निद्रा र अन्य गतिविधिहरूका लागि निर्धारित दिशानिर्देशहरूको पालना गर्नुपर्ने बताउँछ । यसले के देखाउँछ भने, प्राचीन आयुर्वेदले भोजनलाई मात्र नभई समग्र जीवनशैली (ीषभकतथभि) लाई स्वास्थ्यसँग जोडेर हेरेको थियो ।
योग्येनाहारेणबहुलेनचसतीसमीपसमयेऽपिप्रवृद्धिःकरणीयायोग्यसेवनोद्देशादिषु ।
यहाँ सुझाव दिइएको छ कि यदि भोजन प्रचुर मात्रामा उपलब्ध भए तापनि, त्यसको सेवन र अन्य गतिविधिहरू निर्धारित नियमअनुसार नै हुनुपर्छ । सन्तुलन कायम राख्न र समग्र कल्याणका लागि उपयुक्त अभ्यासहरूको पालना गर्नुपर्ने कुरामा यहाँ विशेष जोड दिइएको छ । यसले आवश्यकताभन्दा बढी खानु पनि हानिकारक हुन्छ भन्ने आधुनिक अवधारणालाई समर्थन गर्दछ । यसरी हाम्रा प्राचीन शास्त्रहरूमा उल्लेख भइसकेका पाचन सम्बन्धी विषयवस्तुलाई अहिलेका आधुनिक भनिएका पोषण शास्त्रीहरुले व्याख्या गरिरहनु पर्दैन ।
यद्यपि, जब हामी एन्टोनी लाभोइसियर र महर्षि चरकको ज्ञानलाई सँगै राखेर हेर्छौं, तब हामी ज्ञान र विज्ञानको अद्भुत संगम देख्न सक्छौं । लाभोइसियरले भोजनले शरीरमा कसरी रासायनिक प्रक्रिया गर्छ भन्ने ’कसरी’ (ज्यध) को उत्तर दिए, जबकि महर्षि चरकले हजारौं वर्ष पहिले नै स्वस्थ रहन ’के’ (ध्जबत) खानुपर्छ र ’किन’ (ध्जथ) खानुपर्छ भन्ने दार्शनिक र व्यावहारिक ज्ञान दिएका थिए ।
चरक संहितामा महर्षी चरकले केबल आहारको कुरा मात्र गर्दैनन्, बरु आहार, विहार (जीवनशैली) र विचारको सन्तुलनमा पनि जोड दिन्छन् । आजको आधुनिक हर्बल चिकित्सा र समग्र स्वास्थ्य (ज्यष्कितष्अ ज्भबतिज) का अवधारणाहरूले चरक संहितामा उल्लिखित यिनै आयुर्वेदिक सिद्धान्तहरूबाट प्रेरणा लिइरहेका छन् । यसले प्रमाणित गर्छ कि प्राचीन ज्ञान आज पनि उत्तिकै सान्दर्भिक छ र आधुनिक भनिएको विज्ञानले त्यसलाई केवल नयाँ शब्दावलीमा प्रमाणित मात्र गरिरहेको छ । वास्तवमा, यो पुरातन ज्ञान र आधुनिक विज्ञानको टकराव होइन, बरु एउटै सत्यतर्फ लैजाने दुई फरक मार्गीहरुले अनुसरण गर्ने एउटै मार्ग या संगम हो ।
सबैको जयहोस् ।
