IMG-LOGO

अटो–मेकानिक्स ट्रेड युनियन बनेपा नगरको स्थापना दिवसमा कार्यक्रम

 सोम, सावन १३, २०८२  – हरिनाथ न्यौपाने

     नेपाल अटो–मेकानिक्स ट्रेड युनियन बनेपा नगर कमिटीको बार्षिक स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार बनेपामा सम्पन्न भएको छ । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका डेपुड़ी जेनेरल म्यानेजर दिनेश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अटो मेकानिक्सहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले नेपाली उत्पादनलाई अधिकतम प्रयोग गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गर्न अनुरोध गर्नुभयो । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजले नेपाली गोल्ड लुब्रिकेन्ट्स नेपालमा नै उत्पादन गर्दै आइरहेकाले स्वदेशी उत्पादनलाई माया गर्नुहुन उहाँले आह्वान गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि खनालले इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक उपेन्द्र आचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुलाई ट्राफिक सचेतनाको सन्देशमूलक ब्यानर हस्तान्तरण गर्नुभयो । कमिटीका कार्यालय प्रमुख कृष्णप्रसाद बन्जाराले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष नन्दुलाल पटेलको सभापतित्वमा सम्पन्न भयो । सचिव सुरेश गौतमले संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै आगामी योजनाका बारेमा धारणा राख्नुभयो । ५२ जना सदस्य रहेको कमिटीको उक्त कार्यक्रममा उपाध्यक्ष सुरज खड्गि, कोषाध्यक्ष अर्जुन श्रेष्ठ अटो, अटो मेकानिक्स व्यवसायी राम पोटे, सुमन वैद्य लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्