गैर आवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कोलम्बिया राष्ट्रिय महाधिवेशन २०८२ आइतबार जुलाई २७, २०२५ मा सम्पन्न भएको छ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा बसोबास गर्ने नेपालीहरूको साझा संस्था हो । (एनआरएन) उक्त अधिवेशनको भेलाले अध्यक्षमा छत्रबहादुर मैनालीलाई निर्वाचित गरेको छ भने लाल बहादुर गुरूङ उपाध्यक्ष, सुन्दर तामाङ्ग महासचिव, प्रेम बहादुर छेत्री उपमहासचिव, मिथुन थापा कोषाध्यक्ष, कमल शर्मा सचिब, सुर्यबहादुर पुन उप–सचिब र सदस्यहरुमा प्रविना राई, जितबहादुर गुरुङ र धनबहादुर तामाङ्ग रहनुभएको छ । त्यसैगरी आइसिसीमा उमेश थापा आइसीसी बोर्ड सदस्य र बरिष्ठ सल्लाहकार समितिमा हर्कराम गुरूङ चयन हुनुभएको छ ।
