IMG-LOGO

पीएचसीबाट रेफरल तथा धुलिखेल अस्पतालमा बिमा सेवा प्रवाह गर्न माग

 सोम, सावन १३, २०८२  --

     धुलिखेल / नेपाली काँग्रेस धुलिखेल नगर समितिको अगुवाइमा बसेको सर्वदलीय बैठकले धुलिखेल प्राथमिक सेवा केन्द्रबाट स्वास्थ्य बिमाको प्रथम विन्दुको रिफर सेवा प्रदान गर्न माग गरेको छ । बैठकले धुलिखेल अस्पताललाई प्रथम विन्दुबाट सेवा केन्द्र तोक्न समेत माग गरेको छ ।

     काभ्रेपलाञ्चोक जिल्ला लगायत आसपासका जिल्लालाई समेत बीमा सुविधा अर्न्तगत उपचार सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पताललाई रेफरल सेन्टर कायम गरेपछि विरामीहरुले सास्ती खेप्दै आएका छन् । सरकारले बिमा सुविधाबाट उपचारका लागि प्रथम विन्दुको सेवा सेवाकेन्द्र तोकेर सो केन्द्रबाट रेफरभएपछि मात्र रेफरल केन्द्र तोकिएका अस्पतालबाट उपचार सेवा पाउने नियम लागू गर्दै दुई खाले उपचार केन्द्र तोकेको थियो । काभ्रेमा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र, मेथिन्कोट अस्पताल र खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दुको सेवा केन्द्र तोकेको थियो ।

     प्रथम बिन्दुमा समावेश भएपछि धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले जनशक्ति र पूर्वाधारको अभाव भएको भन्दै हालसम्म सेवा प्रवाह गरेको छैन । यसै सन्दर्भलाई लिएर बसेको बैठकले नेपाल सरकारले तोकेको धुलिखेलको पीएचसीबाट प्रथम बिन्दुको रिफर सेवा समेत सुरु नगरेको र त्यसबाट धुलिखेल लगायत अन्य भेगका नागरिकले सास्ति खेप्नपर्ने अबस्था भएकोले राजनीतिक दलहरूको बैठकले तत्कालै प्रथम सेवा बिन्दुबाट सेवा सुरु गर्न माग गर्दै धुलिखेल अस्पताललाई पनि प्रथम सेवा बिन्दु बनाउन पहल गर्ने निर्णय गरेको नेपाली काँग्रेस धुलिखेल नगर सभापति विदुर बस्नेतले जानकारी दिनुभयो । बस्नेतले सरकारको विवेकहिन निर्णलये काभ्रेका १३ वटै पालिकाका जनताले दुःख पाएको उल्येख गर्दै भन्नुभयो । जिल्लाका १३ वटा स्थानीय तह मध्य चारवटा स्थानीय तहका पाँचवटा स्वास्थ्य संस्थालाई प्रथम बिन्दुका सेवाकेन्द्र तोकिएको छ । जसले बाँकी स्थानीय तहका नागरिकले सेवा लिन सास्ती भोग्नु परेको छ । घुलखेलले सेवा प्रवाह सुरु नगर्दा धुलिखेलका बिरामी नागरिकले पनौती गएर रेफर गराउने पर्ने भएको छ । कोशीपारी, डाँडापारी लगायतका क्षेत्रका विरामी नागरिक सेवा लिनका लागि रेफरल सेन्टर खोज्दै भौतारिनु पर्ने अवस्था आएको छ । त्यस कारण पनि धुलिखेल पिएचसिले पनि रेफरल सेवा दिनुपर्छ र धुलिखेल अस्पतालपनि प्रथम बिन्दुको सेवाकेन्द्र हुनुपर्छ ।’ हाल काभ्रेमा चारवटा सेवा केन्द्रबाट रेफरल सेवा दिइँदै आएको छ । नेपाली कांग्रेस धुलिखेल नगरसमिति विदुर वहादुर बस्नेत, नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष विष्णु काभ्रेली, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य पृथ्वी थापा, राष्ट्रिय स्वतन्त्र पार्टी नगर समिति धुलिखेल सभापति माधव श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल नगर समिति रविन्द्रनाथ खोजु श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) नगरसमिति अध्यक्ष दयासागर लगायतले हस्ताक्षर गरी सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम सर्वसुलभ सहज ढङ्गबाट काभ्रे जिल्लाका १३ वटै पालिकाको स्वास्थ्य संस्था र काभ्रेमा सञ्चालित सबै अस्पतालबाट सेवा दिनुपर्ने माग गरेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्