मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का ६५ बर्षिय शिवप्रसाद नेपालको करेन्ट लागेर निधन भएको छ । प्रहरी चौकी हिगुवापाटीका अनुसार नेपाललाई आफ्नै बस्तु बाँध्ने क्रममा गोठमा रहेको मल्टिप्लकबाट विद्युत्तिय तार निकाल्ने क्रममा करेन्ट लागेको थियो । तत्कालै अस्पताल लैजान क्रममा मनण्डनदेउपुर आधारभुत अस्पताल पुर्याए पनि उपचार नहुँदै निधन भएको प्रहरी चौकी हिगुवापाटीले जानकारी दिएको छ । साउन ९ गते दिउसो २ बजे नेपाललाई करेन्ट लागेको थियो । उपचारका क्रममा दिउसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
