IMG-LOGO

नमोबुद्ध नपाका पूर्व प्रमुख तिमल्सिना स्कुटी दुर्घटनामा गम्भीर घाइते   

 सोम, सावन १३, २०८२  --

   काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बीस किलोमा शनिबार स्कुटर एक आपसमा ठोक्किँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन् । शनिबार बिहान बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं.को स्कुटर र पूर्वनगरप्रमुख तिमलसिना सवार स्कुटर बा.प्र. ०३–०२–००७ प ८८०० ठोक्किएका हुन् । दुर्घटनामा पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको टाउकोमा चोट लागेको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिनुभयो । टीपी शर्मा तिमलसिना छोरा किशोर तिमल्सिनाले चलाएको स्कुटरमा पछाडि बस्नुभएको थियो । किशोर सामान्य घाइते छन् । अर्को स्कुटरका चालक दोलखा मेलुङ–३ घर भई हाल काभ्रेको रोशी–८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकर सामान्य घाइते छन् । उनलाई उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पारिवारीक स्रोत छोरा बिकास तिमल्सिनाका अनुसार बुबा टिपी शर्माको स्वास्थ्य उपचार सुधार हुँदै आएको जनाउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्