IMG-LOGO

योग सह–शिक्षक तालिम प्रारम्भ

 सोम, सावन १३, २०८२  --

     पंतजली योग समिति काभ्रे, महिला समितिकाभ्रे र युवा नेपाल काभ्रेको आयोजनामा पंतजली योग समिति बनेपाको दिव्य हलमा १५ दिने सह योग शिक्षक तालिम प्रारम्भ भएको छ । उक्त प्रशिक्षणमा पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्नुभयो ।

     सो अवसरमा प्रमुख अतिथि तौजलेले योग शिक्षाबाट सिकेको ज्ञानहरु काभ्रे जिल्लाको प्रत्येक गाउँ–गाउँमा पुर्‍याउनुपर्ने बताउनुभयो । ६० जना प्रशिक्षार्थी सहभागी रहेको उक्त प्रशिक्षणमा बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवाअध्यक्ष रमेश श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरणश्रेष्ठ र अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु, सल्लाहकारहरु र साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।

     यसै बिच पतंजलि योग समिति काभ्रेबाट बनेपा न.पा. वडा नं. ११ स्थित सिनागालमा शारदा देवी योग साधना केन्द्रमा १५ दिने सह–योग शिक्षक तालिमको शुभारम्भ गरिएको छ । पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले प्रमुख प्रशिक्षक रहने उक्त तालिमको स्थानिय वयोबृद्घहरुले पानसमा दिप प्रज्वलित गरि समुदघाटन गरिएको थियो । पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठको सभापतित्वमा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा स्वागत भाषण बनेपा न.पा. वडा नं.११का वडाध्यक्ष शिवकुमार थापाले गर्नुभएको थियो भने पतंजलि योग महिला समितीका अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्षद्वय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ र महामन्त्री श्यामकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

     यसै बिच कालिका देवी योग साधना केन्द्र पनौती ५ चौकोट डाडाको कुप्स स्कुलमा आयोजित सह–योग शिक्षक १५ दिने तालिमको समापन कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमुख प्रशिक्षक पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रमाण–पत्र बितरण गर्नु भयो । होम यज्ञ समेत आयोजना गरिएको समापन कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री श्यामकुमार श्रेष्ठ, सल्लाहकार पुष्पलाल श्रेष्ठ, जयराम श्रेष्ठ नि.ब. अध्यक्षद्वय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु र सदस्य साधक साधिकाहरुको उपस्थिति रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्