IMG-LOGO

मोटर साइकल दुर्घटनामा परी सुजनाको मृत्यु

 सोम, सावन १३, २०८२  --

     कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन । पनौती नगरपालिका–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नंवरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परेका तीनै जना एकै परिवारका हुन् ।

     मोटरसाइकल दुर्घटनामा पनौती नगरपालिका–५ बस्ने ३२ वर्षिय सुजना खत्री थापाको मृत्यु भएको छ । मोटरसाइकल चालक सुजनाका श्रीमान बिजय थापा र ५ वर्षिय छोरा बिएन्स थापा घाइते भएका छन् । घाइते दुई जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । विजयको बाँया खुट्टाको गोली गाठामा चोट रहेको छ भने बोल्न सक्ने अवस्थामा छन् । मोटरसाइकल पछाडी सवार छोरा बिएन्सको निधारमाथि टाउकोमा चोट रहेको छ । दुर्घटनामा घाइते हुनुभएकी सुजनाको उपचारको क्रममा शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागी धुलिखेल अस्पतालमा लगिएको पोष्टर्माटम पछि पनौतीको त्रिवेणी घाटमा दाहासस्कार गरेको प्रहरीले जनाएको छ । सुजना खत्री नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ली. बनेपा शाखामा कार्य गर्दै आउनुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्