IMG-LOGO

भक्तपुरमा सम्पदा संरक्षण सम्वद्र्धन सम्बन्धी प्रशिक्षण

 सोम, सावन १३, २०८२  --

     भक्तपुर ब्रम्हायणी मन्दिर नजिकैको वल्ड दरवार पार्टी पैलेसमा साँस्कृतिक सम्पदा संरक्षण नागरिक मञ्च ललितपुरको आयोजनामा साँस्कृतिक सम्पदा संरक्षण र सम्बद्र्धन सम्बन्धि चेतनामूलक प्रशिक्षण कार्यक्रम साँस्कृतिक सम्पदा संरक्षण नागरिक मञ्च ललितपुरको अध्यक्ष नवीन श्रेष्ठको सभापतित्वमा संचालन भएको थियो । प्रमुख अतिथि भक्तपुरका बरिष्ठ समाजसेवी अनन्तप्रसाद धौभण्डेलले उद्घाटन गर्नु भएको थियो । मञ्च कार्यसमितिको उपाध्यक्ष नारायण बनमाला र सल्लाहकार आकर्षण प्रधान द्वयले उद्घोषणको भूमिका निर्वाह गर्नु भएको थियो । मञ्चका सचिव साम्राज्यदेव श्रेष्ठले सम्पदा संरक्षण सम्बन्धमा मार्ग दर्शन सहित स्वागत मन्तब्य दिनु भएको प्रशिक्षण कार्यक्रममा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले “गुठी संस्थानको आवश्यकता,महत्व र भूमिका”, साँस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, काठमाडौंका डा.सुरेश सुरस श्रेष्ठले “संस्कृति तथा सम्पदा सम्बन्धि नेपालको नीति तथा मार्ग दर्शन”, नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यले “नाला र नाला उग्रचण्डी भगवतीको परिचय”, नायो पःमा लायकू, ठिमीका श्यामकाजी श्रेष्ठले “ठिमीको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, चाँगु नारायणका चक्र धरानन्द राजोपाध्यायले “चाँगु नारायणको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, सिध्दि गणेश द्यःछेँ विकास समिति, नगदेश/ठिमीका बिजय शंकर प्रधानाँगले “नगदेशको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, साहित्यकार एबम संस्कृति कर्मी, पनौतीका सूर्यप्रसाद लाकोजूले “पनौतीको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, बरिष्ठ संस्कृति बिद बिनोदराज शर्माले “भक्तपुरको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, बरिष्ठ साहित्यकार एबम साहित्यिक पत्रकार/बनेपाका मोहन दुवालले “बनेपाको गुठी परम्परा विशेष (सम्पदा संरचना/संरक्षण) तथा बर्तमान अवस्था र चुनौति”, पुरातत्व बिभागका महा निर्देशक शौभाग्य प्रधानागले “सम्पदा संरक्षणमा पुरातत्व बिभागको भूमिका”, नेपाल भाषा केन्द्रीय बिभाग ललितपुरका प्रमुख सह प्रा.डा. राजलाल जोशीले “भक्तपुरका बिशेष जल सम्पदा (पुखु, हिटी र बुँगाहरु) र गुठी  परम्परा/समश्या र चुनौतिहरु “बारेमा आ–आफ्नो प्रस्तुति एबम धारणाहरु राख्नुभएको थियो । भक्तपुर तलेजुका मुख्य पुजारी डा. सिध्दिबीर कर्माचार्यले तलेजु सम्बन्धि जानकारी दिनुभएको थियो । कार्य समितिका पदाधिकारीहरु र सदस्यहरु प्रत्येकको परिचय गराउँदै भक्तपुर टोपी लगाएर सम्मान गरिएको थियो । बक्ता प्रत्येकलाई बायच, भक्तपुरको भादगाउँले कालो टोपी लगाई मायाको चिनो समेत प्रदान गरिएको थियो । प्रमुख अतिथि अनन्तप्रसाद धौभँडेलले भक्तपुर बारे चर्चा गर्नु हुँदै, संस्कृति र सम्पदा बारे आफ्नो धारणा राख्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्