IMG-LOGO

संचारकर्मी बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्डबाट सम्मानित

 सोम, सावन १३, २०८२  --

    काठमाडौ, सञ्चारकर्मी नवराज बजगाई सम्मानित हुनुभएको छ । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो ।

     विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याएबापत सम्मान गरिएको हो । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पुर्‍याएको र शव्द रचनामा पनी उत्कृष्ट रहेको भन्दै ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागिबाट उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो । उक्त गितको शव्द रचना संचारकर्मी बजगाईले गरेका थिए । कार्यक्रममा प्रमुख पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए । साथै बेस्ट राईटर अवार्ड सांसद चन्द्र भण्डारी, पुर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ट कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायतले प्रदान गरेका थिए । आफ्नो गितले उत्कृष्ट शव्द रचनाको अवार्ड पाउँदा गित लेखनमा थप हौसला मिलेको सञ्चारकर्मी नवराज बजगाईले उल्येख गर्नुभयो ।

     प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पुर्‍याए बापत सम्मानित भै सकेका छन । बजगाई पत्रकारितासंगै कलाकारिता, साहित्य र समाजसेवामा क्रियाशिल रहनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्