IMG-LOGO

सिद्धार्थ स्कुलद्वारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

 सोम, सावन १३, २०८२  --

     बनेपा/सिद्धार्थ स्कुल तथा कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम प्याब्सनका केन्द्रिय उपमहासचिब भिमसेन केसीको प्रमुख आतिथ्यतामा तथा स्कुलका संस्थापक एवं अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. हेमराज काफ्लेको विशेष आतिथ्यता रहेको थियो । विशेष अतिथी काफ्लले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई नयाँ बाताबरण र नयाँ अनुभव तथा सिकाई हुने भएकाले कक्षा ११ र १२ मा  धेरै शैक्षिक ज्ञान हाँसिल हुने बताउनुभयो ।

     विद्यार्थीहरुको समग्र विकासका लागी नेतृत्व विकास, ब्यक्तित्व विकास, सामाजिकीकरण र जीवन उपयोगिताका बारेमा काफ्लेले उल्येख गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुन्जप्रसाद लुईटेलले विद्यालयमा कक्षा ११ को २०८२ सालमा भर्ना भएका २५ औ ब्याच भएको बताउनुभयो । २५ वर्षमा ३ हजार भन्दा बढी विद्यार्थीहरुले सिद्र्धाथ स्कुलबाट पास आउट भई विभिन्न क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो ।

     नेपालकै टप टेन भित्र पर्न सफल भएको स्कुलमा विज्ञान र ब्यबस्थापनका विषयहरुमा अध्यापन हुदै आएको लुईटेलले जानकारी गराउनुभयो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सचिबालय सदस्य हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, उपाध्यक्ष बसन्तराज नेपाल, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, समाजसेवी रत्नकुश रञ्जीत लगाएतले शुभकामना मन्तब्य राख्दै नव आगन्तुक विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सिद्धार्थ कलेजका क्याम्पस प्रमुख पुकार कर्णजितले गर्नुभएको थियो । सञ्चालन, सहायक प्रिन्सिपल सुधिर न्यौपानेले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्