बनेपा, योग भवन बनेपा(५ बाट प्राकृतिक चिकित्सा सेवा प्रारम्भ भएको छ । श्रावण १ गतेदेखि प्रारम्भमा बिरामीहरूलाई निःशुल्क जाँच गरी सेवा प्रदान गरेको कुरा नेपाल योग खेलकुद विकास समितिका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो । प्राकृतिक चिकित्सा सेवा अन्तर्गत मेन्टल डिजिज (मानसिक रोग), तनाव, एन्जाइटी, डिप्रेसन अलजाइयर, फोबिया, इन्सोमेनिया, त्यस्तैगरी ग्यास्ट्रिक, अल्सर, हाइफर एसिडीटी, ढाड दुखेको, घुँडाको जोर्नी दुखेको, मांसापेशी दुखेको, टाउको दुखेको, प्यारालाइसिस, मसल क्रयाक्स, उच्च रक्तचाप, थाइराइड जस्तो रोगको उपचारका लागि सेवा काभ्रेको बनेपामा सुरु गरेको प्रध्यापक डा. सूर्य बहादुर कार्कीले जनाउनुभयो । पतञ्जली योग समितिको पूर्व अध्यक्ष हरिशरण श्रेष्ठले प्राकृतिक चिकित्सा सेवा निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जनाले सेवा लिइसकेको बताउनुभयो । प्राकृतिक चिकित्सा सेवा काठमाडौँको पक्नाजोल १६ खुट्टे गणेशमार्ग ठमेलसँगै विगत लामो समयदेखि सञ्चालन हुँदै आएको छ । बनेपाका योगका पराखीहरूको सहयोगमा निर्मित योग भवनको व्यवस्थापन समिति अध्यक्ष ग्रवेन तौजले रहनुभएको छ ।
