श्री जन जागृती तरकारी तथा फलफुल सहकारी संस्था लि. धुलिखेलले संस्थामा आबद्ध रहेका शेयर सदस्यका छोराछोरी मध्येबाट एसईई २०८१ मा उत्कृष्ट छात्र छात्रा दुई तथा शैक्षिक बल बचत कर्ता मध्ये सफलता हासिल गर्नेहरू ६० गरि ६२ जनालाई एक कार्यक्रम बीच सम्मान गरेको हो । संस्थाका अध्यक्ष पृथ्वीमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक चिनीमाया तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । पुर्ब अध्यक्षद्वय पूर्व पराजुली र राजु मगरले सयुक्तरुपमा कार्यक्रमको उद्धघाटान गर्नुभयो । सचिव नानीराम धितालले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने, शेयर सदस्य र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । संस्थाले ३ हजार शेयर सदस्य आवद्ध रहेको र उक्त संस्थामा ५ सय ६३ शैक्षिक बाल बचत कर्ताहरु अवद्ध रहेको कुरा संस्थाका प्रबन्धक श्यामकुमार रानाले बताउनुभयो ।
