IMG-LOGO

नेपाल ९५ औं स्थानमा

 सोम, सावन १३, २०८२  --

     शक्तिशाली पासपोर्टको सूचकाङ्कसम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक भएको छ । पासपोर्ट ‘र्‍याङ्किङ’मा माथि आए पनि नेपालले प्राप्त गरेको अङ्क घटेको देखिएको छ । कुनै पनि देशका राहदानीवाहकले अर्को देशको गन्तव्यमा पाउने सहज पहुँचबारे तुलनात्मक अध्ययन गर्दै आएको ‘हेन्ली एन्ड पाट्र्नर्स’ नामक अन्तर्राष्ट्रिय संस्थाको ताजा प्रतिवेदनमा नेपाल ३८ अङ्कसहित ९५औँ स्थानमा देखिएको हो । नेपाल गत जनवरीको रिपोर्टमा ३९ अङ्कसहित १०१ औँ स्थानमा थियो । अहिलेको वरीयतामा सिङ्गापुर १९३ अङ्कसहित शक्तिशाली पासपोर्टको सूचीको शीर्ष स्थानमा छ । जापान र दक्षिण कोरियाले समान १९० अङ्कसहित दोस्रो स्थानमा छन् । अमेरिका छैटौँ र चीन ६०औँ स्थानमा छन् ।

     सन् २००६ मा नेपाली पासपोर्ट ७६औँ स्थानमा थियो । यसपछि सुधार हुन सकेको छैन । नेपालबाट ३८ देशमा मात्रै भिसा बिना जान सकिन्छ । १९३ देशमा भिसा बिनै घुम्न सकिने सिंगापुरको पासपोर्ट एक नम्बरमा छ । जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । गत वर्ष पाँचौं नम्बरमा रहेको अष्ट्रेलियाको पासपोर्ट ७ नम्बरमा झरेको छ । भारतको ७७ स्थानमा हेन्ली एण्ड पार्टनर्सको अनुसन्धान टोलीले ईन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसन (क्ष्ब्त्ब्) को भिसा बिनै घुम्न सकिने डाटाबेसका आधारमा यो सूची निकाल्ने गर्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्