एमाले पार्टीमा जान खुट्टा उचालेर बसेका बामदेव गौतमलाई अहिले झन मज्जा भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै भाउ नदिई वास्तापास्ता नगरेपछि अन्ततः बामदेव नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । बामदेवले एस पार्टीमा प्रवेश गरेपछि भने म दिनमा पनि काम गर्छु रातमा पनि काम गर्छु पद के दिने हो जे दिए पनि मलाई मन्जुर छ भन्ने दमदार भाषण गरेका थिए । साउन २ को पार्टी एकता कार्यक्रममा बामदेव गौतमले एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई गम्लाङ्ग अंगालो मारेको फोटोले सामाजिक संजाल भरिएको थियो । एमाले भित्रको गोलमाल देखेर अन्य पार्टीका नेताकार्यकर्तामा पनि खुशीयाली छ ।
