IMG-LOGO

रेडियो एविसीकी सुदिना मिस नेपाल २०२५ को प्रतिस्पर्धामा

 सोम, सावन १३, २०८२  --

     मिस नेपाल २०२५ प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्टको औपचारिक घोषणा शुक्रबार गरिएको छ । ‘स्यास सेरेमोनी’ मा रेडियो एबिसी ८९.८ मेगाहर्ज बनेपामा कार्यरत कार्यक्रम प्रस्तोता सुदिना हुमागाई :ष्कक ल्भउब ि२०२५ को लागि कन्टेसटेन्ट नम्बर ३ को रुपमा सहभागी भई प्रतिस्पर्धामा रहनुभएको छ । पनौती २ कुशादेवी कि २२ वर्षिय हुमागाईले ब्याचलर इन डेन्टल सर्जरीको अध्ययन गर्नुभएको छ । नृत्य, सामाजिक कार्यमा रुचि राख्नुहुने हुमागाई योगा प्रशिक्षक समेत हुनुहुन्छ । यस वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । आयोजक हिडन ट्रेजरले शुक्रबार सहभागी सुन्दरीलाई स्यास वितरण गर्दै प्रतियोगी नम्बर प्रदान गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्