सन्जीप न्यौपाने नेपाल बाल संगठन काभ्रेको सभापतिमा मनोनित हुनुभएको छ । बालक्लबबाट सुरु भएको सन्जीपको यात्रा विभिन्न सामाजिक क्षेत्र हुँदै बाल संगठन सम्म आइपुगेको छ । जिल्ला बाल सन्जाल काभ्रेको अध्यक्ष, विद्यार्थी संगठन हुँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य, नमुना युवा संसद २०७६ मा युवा प्रधानमन्त्रीको भुमिका निर्बाह गरिसक्नु भएको छ । नेपाल बाल संगठनको विधान, २०४९ को उद्देश्य अनुरुप नेपाल बाल संगठन र बालमन्दिरका नाममा रहेका चल, अचल सम्पत्तिको व्यवस्थित अभिलेख संकलन र अद्यावधिक गरी सो को विवरण केन्द्रमा पठाउनुका साथै उक्त सम्पत्तिको उचित संरक्षण गरी संरक्षण विहिन बालबालिकाहरुलाई संरक्षकत्व प्रदान गर्ने, केन्द्रमा सिफारिश गर्ने लगायत बालहित सम्बन्धि कार्य संगठनले गर्ने कुरा बताउनुभयो । थप दुई सदस्य मनोनित गरी तत्काल अधिबेशन आयोजना गर्ने न्यौपानेले जनाउनु भयो । जिल्लामा धुलिखेलमा बाल मन्दिर स्कुल र पाँचखाल समाज कल्याणमा बाल गृह सञ्चालनमा रहेका छन् ।
