IMG-LOGO

जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्धाहरु बढ्यो

 सोम, सावन ६, २०८२  --

 

     काभ्रेपलाञ्चोक जिल्ला अदालतमा धेरै मुद्धा दर्ता हुनेमा पहिलो सम्बन्ध विच्छेदमा मुद्धाहरु छन् भने दोस्रोमा अंशचलन र तेस्रोमा चेक अनादरका मुद्धाहरु रहेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेष्तेदार कर्णबहादुर राईले सम्बन्ध बिच्छेदमा ६३७, अंशचलनमा ३३१, चेक अनादरमा २४५ र जबरजस्ती करणीमा ४४ वटा मुद्धाहरु दर्ता भएको जानकारी दिनुभयो । आ.व. २०८१÷०८२ मा ३५९१ मुद्धाको लागत रहेकोमा २१२९ वटा मुद्धा फछ्यौट भएको छ भने १४६२ वटा मुद्धा हेर्न बाँकि नै छ । यो आ.व. मा ५९.२८% को प्रगति भएको श्रेष्तेदार राईले जानकारी दिनुभयो । पछिल्लो तिन आर्थिक वर्षको कुल लागतका आधारमा फछ्यौट भएको तुलनात्मक विवरण अनुसार गत आ.व मा ५८.७९ % कार्य भएकोमा यो आ.व मा ५९.२८७ % कार्य भएको छ । आ.व. २०८१÷०८२ मा फछ्यौट हुन नसकेका १४६२ वटा मुद्धा आ.व. २०८२÷०८३ का लागि जिम्मेवारी सरेको बताईएको छ । आ.व २०८१÷०८२ मा लक्ष्य अनुसार फछ्यौट हुन नसकेको प्रमुख जिल्ला न्यायाधीश मोहन प्रसाद आचार्यले जानकारी दिनुभयो । भाद्र महिनामा न्यायाधीशहरुको सरुवा, तालिम, विदा बस्नु रहेको र वादी÷प्रतिवादीहरु रहेको मुद्धामा वादी÷प्रतिवादीहरुले तारेख गुजार्ने तथा पेशी स्थगित गर्ने प्रवृत्ति बढ्नुले फछ्यौटमा समस्या आएको छ । सरकारवादी मुद्धामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपूर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्ब हुदा पनि लक्ष्य अनुसार फछ्यौट हुन नसकेको श्रेष्तेदार राईले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्