IMG-LOGO

वातावरण संरक्षणका लागि वृक्षारोपण

 सोम, सावन ६, २०८२  --

     धुलिखेल÷जन्म दिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने उद्देश्यले सुरु गरिएको जन्म दिनलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत शनिबार धुलिखेल नगरपालिका वडा नं. १०, शारदा बतासेमा वृक्षारोपण आयोजना गरिएको छ । कार्यक्रममा एक हजारभन्दा बढी विरुवा रोपिएको जनाएको छ ।

     कार्यक्रमको उद्घाटन नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले गर्नुभएको थियो । वडा नं. १० का वडाध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिव ईश्वर सापकोटाले संचालन गर्नुभएको थियो । मुख्य सचिव अर्यालले धुलिखेल नगरपालिका वडा नं. १० ले आयोजना गरेको उक्त कार्यक्रममा अभियानमा ऐक्यवद्धता जनाउँदै ‘शुभ जन्मोत्सव पार्क’ निर्माण कार्यको समेत औपचारिक घोषणा गरिएको छ ।

     कार्यक्रममा विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थिथयो । कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठ, उपप्रमुख निराजन जंगम, सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक सुमन दाहाल, बन मन्त्रालय प्रदेश सचिव डा. केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

     नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा अभियानका अवधारणाकार गोविन्दप्रसाद चौलागाईं स्वागत मन्तव्य दिनुभएको थियो । धुलिखेल वडा नं. १० का वडा सदस्य अशोक कुमार शाहको सोहि दिन परेको जन्मदिनको अवसरमा शुभ जन्मोत्सव पार्कमा वृक्षरोपण गरेका थिए । त्यस्तै, नुवाकोट जिल्ला संयोजक एलिजा लामिछानेले समेत आफ्नो जन्मदिनको अवसरमा वृक्ष रोप्दै अभियानप्रति ऐक्यवद्धता जनाउनु भयो ।

     कार्यक्रममा वल्डलिंक कम्पनीले धुलिखेलको उक्त स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने प्रतिबद्धता जनाएको छ । आयोजक संस्थाले कम्पनी प्रति आभार व्यक्त गरेको छ । शुभ जन्मोत्सव पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको वडा अध्यक्ष गोविन्द भण्डारीले उल्येख गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्