IMG-LOGO

ट्राफिक प्रहरीको लापसे चेकिङमा, ११ जना चालक नियन्त्रणमा

 सोम, सावन ६, २०८२  --

 

     जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लापसे चेकिङको अभियान नै चलाएको छ । दुर्घटनाको न्युनिकरण गर्ने उदेश्यले उक्त अभियान चलाएको जनाएको छ । एक साता अगाडि देखि साँगामा गरेको चेकिङ तिन जना चालकलाई पक्राउ गरेको थियो भने गत शुक्रबार गरिएको चेकिङ लागु पदार्थ सेवन गरी सवारी चलाउदै गरेका आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काभ्रेको पनौती नगगरपालिका वडा नं. ५ आई.टि पार्कमा नजिकै गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ८ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी काभ्रेले जनाएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा तथा आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्युनिकरण एवं रोकथामको लागि सञ्चालित आई.टि पार्कमा गरीएको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाक प्रहरी कार्यालय बनेपा पठाईएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सुनिल धाजुले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेको प्राविधि टोलिले चेकजाँच गर्दा लागु औषध सेवन गरी सवारी चलाएको स्वास्थ्थ जाँचपछि उनीहरुलाई नियत्रन्ण लिएको धाजुले जानकानरी दिनुभयो । यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लापसे (लागू पदार्थ सेवन) चेक गरेको थियो । ४० जना चालकको लापसे सेवन गरेकोमा ८ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

     ८ जनामा ६ जना बस चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक एक जना रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कार्बाहीका लाई इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । यात्रु बोक्ने जस्तो सवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको उनको भनाई थियो । लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ । अहिले सम्म ११ जना चालकलाई नियन्त्रणमा लिएर थप कार्वाहीका लागि जिल्ला अदालतबाट लागु औषध सेवनमा म्याद थप गरि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्